“नेपालीको अन्तर्राष्ट्रिय आप्रवासनः अवसर, समस्या र चुनौती” विषयक अन्तरक्रिया कार्यक्रम

“नेपालीको अन्तर्राष्ट्रिय आप्रवासनः अवसर, समस्या र चुनौती” विषयक अन्तरक्रिया कार्यक्रम
23 Jan
admin

“नेपालीको अन्तर्राष्ट्रिय आप्रवासनः अवसर, समस्या र चुनौती” विषयक अन्तरक्रिया कार्यक्रम

नेपाल मानव अधिकार संगठन र नेपाली प्रवासी एकता सञ्जालको संयुक्त आयोजनामा मिति २०८१ साल बैशाख २३ गते “नेपालीको अन्तर्राष्ट्रिय आप्रवासनः अवसर, समस्या र चुनौती” विषयक अन्तरक्रिया कार्यक्रम अनामनगरस्थित किम्चि रेष्टुरेन्ट एण्ड बेन्क्वेटमा सम्पन्न भयो । कार्यक्रमको सभापतित्व संगठनका अध्यक्ष इन्द्र प्रसाद अर्यालले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथि माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डि.पि.अर्याल हुनुहुन्थ्यो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारि प्रसाद खरेल, फ्रान्सका लागि पूर्व नेपाली राजदुत तथा सेन्टर फर डिप्लोमेसीका अध्यक्ष मोहन कृष्ण श्रेष्ठ, माननीय प्रदिप पौडेल, नेपाल मानव अधिकार संगठनका पूर्व अध्यक्षहरु प्रा.कपिल श्रेष्ठ, सुदिप पाठक, महामुनीश्वर आचार्य, संगठनका पदाधिकारीहरु, केन्द्रीय सदस्यहरु, विभिन्न जिल्लाका सभापतिहरु, मानव अधिकारवादी, नागरिक समाज, पत्रकार लगायतको सहभागिता थियो । ७९ जनाको सहभागिता रहेको कार्यक्रमको सञ्चालन संगठनका महासचिव कल्याण पोख्रेलले गर्नुभएको थियो ।

 

कार्यक्रमको शुभारम्भ संगठनका उप–महासचिव जनकराज शर्माले स्वागत मन्तव्य दिएर गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारि प्रसाद खरेलले अन्तर्राष्ट्रिय आप्रवासनका सन्दर्भमा मानव अधिकारको दृष्टिकोणका बारेमा आफ्नो धारणा राख्नुभएको थियो । त्यसैगरि, फ्रान्सका लागि पूर्व नेपाली राजदुत तथा सेन्टर फर डिप्लोमेसीका अध्यक्ष मोहन कृष्ण श्रेष्ठले विदेशमा नेपाली आप्रवासी कामदारको संरक्षणमा सरकारी संयन्त्रको भूमिकाः व्यवहार र चुनौतीका बारेमा आफ्नो विचार राख्नुभएको थियो । माननीय प्रदिप पौडेलले नेपालीको अन्तर्राष्ट्रिय आप्रवासनले नेपालको समाज र राजनीतिमा पारेको प्रभाव र असरका बारेमा आफ्नो विचार व्यक्त गर्नुभयो । कार्यक्रममा संगठनका पूर्व अध्यक्षहरु प्रा.कपिल श्रेष्ठ, सुदिप पाठक, महामुनीश्वर आचार्यले नेपालीको अन्तर्राष्ट्रिय आप्रवासनः अवसर, समस्या र चुनौतीका विषयमा आ–आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डि.पि.अर्यालले नेपालमा आप्रवासी श्रमिकको संरक्षणमा सरकारी संयन्त्रको भूमिकाका बारेमा बोल्नु भएको थियो । कार्यक्रमको अन्त्यमा संगठनका अध्यक्ष एवं कार्यक्रमका सभापति इन्द्र प्रसाद अर्यालले आफ्नो धारणा राख्दै कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गर्नुभएको थियो ।

Join HURON
Get Involved

Stand With Us for Human Rights

Whether you want to report a human rights violation, volunteer with us, or support our cause, we're here to help. Together, we can make a difference.

Contact Information

Address

Anamnagar-29 | G.P.O box:5424
Kathmandu, Nepal